SupportContactSite map

Data acquisition    ::    Power Amplifier    ::     DIY radar    ::    Measurement tools     ::     Pump control system



HTech पम्प नियन्त्रक

पम्प नियन्त्रक के हो ?

यो अत्याधुनिक अस्ट्रेलियन प्रबिधिबाट बनेको पम्प नियन्त्रण गर्ने उपकरण हो। यस्ले पानी भरिएर खेर जाने देखि पम्प जल्ने सम्मको समस्याको समाधान गर्छ। माथि को ट्यांकीमा कति पानी छ भनेर देखाउछ! स्वोचालित मोडमा त पम्प चलाउने बन्द गर्ने चिन्ता नै गर्नु पर्दैन !

apc_sideview.gif

पम्प नियन्त्रकले कुन समस्याहरु को समाधान गर्छ त ?

1.    पम्प चलाएर बन्द गर्न बिर्सियो| पानी खेर गयो |

पम्प चल्ने समय सेट गरेर चलाउनुहोस्। नियन्त्रकले समय भएपछि आफै पम्प बन्द गर्छ |

2.    पम्प चल्दाचल्दै बत्ती गयो। स्विच ऑफ गर्न बिर्सियो। बत्ती कतिखेर आयो पत्तैभएन | ट्यांकी भरिएर पानी खेर गयो |

बत्ती आएपछि बाँकी सेट गरेको समय चल्छ र पम्प आफै बन्द हुन्छ |

3.    पम्प चलाउँदा तल ट्यांकीको पानी सकिएछ | अनि त पम्प तातेर बिग्रियो |

पम्प चल्दा केही गरी पानी सकियो भने आफै बन्द हुन्छ |

4.    नुहाउन लाग्दा टाउकोभरी साबुन थियो, तर पानी सकियो |

नुहाउनु भन्दा अगाडि माथी कति पानी छ भनेर हेर्न मिल्छ |

5.    पम्प जाम भएको रहेछ, पानी चलाउँदा जलेर भस्म |

येदि पम्प जाम भएको छ भने, आफै बन्द हुन्छ र जल्न बाट जोगिन्छ |

6.    पम्प छिटो छिटो बिग्रन्छ | हैरान भयो |

नियन्त्रकको जिरो भोल्टेजमा स्विच अन गर्ने प्रबिधिले पम्प को आयु बढ्छ |

7.    पानी भर्ने, पम्प बन्द गर्ने काम गर्दा गर्दा वाक्क लागि सक्यो !

नियन्त्रकलाई स्वोचालित मोडमा सेट गर्नुहोस अनि पम्प र पानीको चिन्तानै गर्नु पर्दैन।

पम्प नियन्त्रकलाई जडान कसरी गर्ने ?

तलको तस्बिर बमोजिन यो उपकरण जडान गर्न सकिन्छ । sensor  module  लाई  पानीबाट जोगाउनु पर्छ । निलो तार लाई बट्टा मुनी बाट ल्यानु पर्छ। तेसो गर्दा आकाशबाट परेको पानी निलो तार हुदै बट्टा भीत्र  छिर्दैन ।

installation-guide.gif

पम्प नियन्त्रकलाई प्रयोग कसरी गर्ने ?

·         UP  र DOWN बटन प्रयोग गरेर कति मिनेट पम्प चालु गर्ने सेट गर्नुहोस।

·         START/STOP बटन थिचे पछि पम्प चल्न सुरु गर्छ । फेरी थिचेको खण्डमा पम्प बन्द हुन्छ।

·         सेट गरेको समय सकिए पछि पम्प आफै बन्द हुन्छ ।

·         MODE बटन थिचेर माथिको ट्यांकीमा कति पानी  छ भनेर हेर्न मिल्छ। पानी देखाउदा Level बत्ति बल्छ। स्क्रीनमा ७५ देखायो भने, तेस्को मतलब  माथिको ट्यांकीमा ७५% पानी  छ भन्ने बुझिन्छ ।

·         फेरी  MODE  थिच्यो भने स्क्रीनमा सेट गरेको टाईम देखाउछ । येतिखेर Time वत्ति बल्छ ।

·         MODE बटन र DOWN  बटन लाई  एकै चोटी दबायो भने Automatic मोडमा चल्छ । Auto भन्ने बत्तिले यो मोडमा चलेको संकेत गर्छ। अब पम्प पानी सकिन लागेपछि आफै चल्छ र भरिएपछि आफै बन्द हुन्छ।

·         फेरि MODE बटन र DOWN  बटन लाई  एकै चोटी दबायो भने Automatic मोड हट्छ । Auto बत्ति निभेर येस्को संकेत गर्छ ।

·         तल देखाएको बत्ति बल्यो भने माथिको सेन्सर बाट पम्प नियन्त्रकले सूचना पाएको छ भन्ने जनाउ दिन्छ ।

sensor ok indicator.jpg

·         येदि माथिको बत्ति झिप झिप गरेको छ भने, माथिको सेन्सरको ब्याट्री फेर्नु पर्ने जनाउछ ।

·         स्क्रीनमा F1 - F5 देखाएको खण्डमा तलको समस्या आएको संकेत गर्छ  ।

संकेत नम्बर

F1: पम्प भित्र पानी छैन (तलको ट्यांकीमा  पानी त छ ?)

F2: पम्पको बेरिंग बिग्रिन थाल्यो

F3: पम्प जाम भयो

F4: पम्पको लाइनमा सर्ट छ

F5: माथिको ट्यांकीमा पानी चडेन (तलको ट्यांकीमा  पानी त छ ?)

फ्लासिङ लाईट: सेन्सरको ब्याट्री सकिन लाग्यो